मंसिर ०७, २०८१, शुक्रबार
               

भारतको जयनगरबाट जनकपुर रेल आइपुग्यो

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

जनकुपुर । भारतको जयनगरबाट रेल जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो । जनकपुरमा रेल आएसँगै सो रेलगाडी हेर्नका लगि स्थानीयको भीड लागेको थियो । 

कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि दुई रेल जनकपुरधाम आइपुगेका हुन्। ६ वर्षभन्दा बढी समयपछि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। बन्द रहेको नेपालको एक मात्र रेल सेवा पुनः सञ्चालनका लागि दुई सेट रेल ल्याइएको हो।

नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा रेलको बाहिरी आवरण तयार भएको छ। विभागका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। 

यो पनि