मंसिर ०७, २०८१, शुक्रबार
               

डा. सन्दुक रूइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) प्रदान गरिने

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट विभूषित गरिने भएको छ ।

संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएकोमा डा.रूइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट विभूषित गर्ने घोषणा गरिएको हो ।

यस्तै, प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, अख्तियारका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाउने भएका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि