काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ महिलासहित थप ११ जनाकाे मृत्यु भएकाे छ ।
योसँगै मृत्यु हुनेकाे संख्या ४०१ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार मृत्यु हुने पुरुषहरूमा काठमाडौं, ललितपुर, बाँके र रुपन्देहीका छन् । त्यस्तै महिलाहरूमा मोरङ, रौतहट, सर्लाही, काठमाडौं, मकवानपुरका र ललितपुरका २ जना रहेका छन् ।