भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् ।
प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।
राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ ।
प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।