मंसिर ०७, २०८१, शुक्रबार
               

वाणगङ्गा खोलाले बगाएको जिप फेला, २ बेपत्ताको खोजी जारी

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएको छैन् ।  

कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको जिप बगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनका अनुसार जिपमा सवार छ मध्ये तीन जना हाम फालेर बच्न सफल भएका थिए भने दुई जना बेपत्ता भएका थिए । 

वाणगङ्गाको भलवाड पडेरीयामा विद्युत् मर्मतको काम सकेर कार्यालय फर्कने क्रममा जिपलाई खोलाले बगाउँदा त्यसमा सवार प्राधिकरणका फ्युज सेवा गजेहडाका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्घाखाँची शितगङ्गा नगरपालिका– १३ का केशव भाट क्षेत्री अहिलेसम्म फेला पर्न नसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए । 

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको आसपासका क्षेत्रबाट दुबै जनाको खोजी कार्य जारी राखेको छ । बुधबारदेखि नै तीन वटै सुरक्षा निकायको टोली खोजी कार्यमा परिचालन भएको छ । 

बुधवार नभेटिएपछि सो टोलीले आज बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी कार्य गरिरहेकोे प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि