मंसिर ०७, २०८१, शुक्रबार
               

आज कोरोनाबाट थप ५ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएकाे छ । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्‍याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । नवलपरासी रामग्रामका नगरपालिका ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । त्यस्तै कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

झापामा कोरोना सङ्क्रमणका कारण ७७ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको छ । झापा गाउँपालिका ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए र 


कस्तो लाग्यो ?

यो पनि