काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाकाे मृत्यु भएकाे छ । यो मृतककाे संख्या अहिलेसम्मकै धेरै हाे ।
योसँगै मृत्यु हुनेकाे संख्या ४५३ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार मृत्यु हुने महिलामा काठमाडौं, धादिङ, भक्तपुर, मोरङ र सुनसरीका १/१ जना गरी ५ जना छन् ।
त्यस्तै मृत्यु हुने पुरुषहरूमा काठमाडौं काठमाडौं ३, झापाका १, धनुषाका २, रौतहट १, भक्तपुर १, नवलपारसी १, कपिलबस्तु १, दाङ १ र तनहुँका १ जना छन् ।