अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा पहिरोले १७ घर बगाएको छ ।
तीन दिन परेको अविरल वर्षाका कारण स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा सो घटना भएको हो ।
पहिरोमा परी मानवीय क्षति भए–नभएकोबारे यकिन हुन सकेको छैन । पहिरोले बस्तीका १७ घर, गोठ, कुखुरा फार्म बगाउँदा नगद, जिन्सी, अन्नपात, पशु चौपाया गरेर एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।
गाउँमा पहिरो गएसँगै ३५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष बाबुराम गैरेले बताए ।
हाल सो स्थानमा उद्धारको कार्य भइरहेको बताइएको छ ।