मंसिर ०७, २०८१, शुक्रबार
               

आजको मौसमः बिहानैदेखि सतर्क रहन मौसमविद्को आग्रह

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार (आज) बिहानैदेखि मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहानैदेखि देशका केही भू–भागमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी दिउँसो पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरु प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन र चट्याङसहित हल्का देखि वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ र प्रदेश नं २ को एक–दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । साथै राती पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरु प्रदेश ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक–दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि