काठमाडौं । बाग्लुङमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा भीरबाट लडेर युवकको मृत्यु भएको हो । खरबारीमा घाँस काट्ने क्रममा रेश म्याउदीका २० वर्षीय प्रेमबहादुर थापाको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक युवकलाई छारे रोगसमेत रहेको प्रहरीको भनाइ छ । घाँस काट्न गएका युवा लामो समय घर नफर्केपछि खोजी गर्दा घाँस काट्ने ठाउँदेखि २० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।