अर्घाखाँची ।पहिरोका कारण जमिन भासिँदा ६ घर भत्किएका छन् । शितगंगा नगरपालिका अर्घाखाँचीको डुंगेशेरामा पहिरोमा गएको पहिरोका कारण डाँडो भासिँदा कम्तीमा ६ घर भत्किनुका साथै २० भन्दा बढी घर उच्च जोखिममा परेका हुन् ।
केही दिनदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा नगरपालिका- ११ को डुंगेशेरामा वस्ती भासिन सुरु भएको हो । यद्यपि मानवीय क्षति नभएको सो वडाका वडाअध्यक्ष कपिल आलेमगरले जानकार दिए ।
उनका अनुसार पहिरोका कारण बस्ती रहेको डाँडो भासिन थालेको छ । ‘जसका कारण ६ घर काम नलाग्ने गरी भत्किएका छन्,’ भने ।