काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनको भान्छामा कार्यरत एकजनामा कोरोना पुष्टि भएपछि उनी आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुसार आइतबारदेखि उनी सेल्फ क्वारेन्टिनमा बसेको जानकारी दिएको छ ।