कैलाली । सशस्त्र प्रहरी टोलीले करिब सात लाख ६० हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरको छ ।
धनगढी उपमहानगरपालिका–९ स्थित सीमा ईलाकाबाट गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ करिब सात लाख ६० हजार रुपैयाँ बराबरको सामान छाडेर एक व्यक्ति फरार भएका थिए ।
ती व्यक्तिले भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा एपिएफ टोलीलाई देख्नासाथ छोडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बंग्राकटानबाट खटिएको एपिएफ टोलीले सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीले उक्त सामान बरामद गरी त्रिनगर भन्सार कार्यालयलाई बुझाएको छ ।