काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गरेका छन् ।
आइतबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ-सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गरेका हुन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिती थियो ।