मंसिर ०६, २०८१, बिहीबार
               

कोरोना सङ्क्रमणबाट मोरङकी एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
असोज १३, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

मोरङ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनी असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । ज्वरो, खोकी र  श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए । 

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको  प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि