मंसिर ०६, २०८१, बिहीबार
               

मनाङ जाने चामे–बेँसीसहर सडकको दुर्दशा

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध छ ।

अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सो सडकखण्डको लगभग लमजुङतर्फ ३५ किलोमिटर सडक अवरुद्ध भएको हो।सडकखण्ड बाढीपहिरोले क्षतविक्षत बनाएको छ । 

कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी सञ्चालनमा ल्याएको थियो तर पानी फेरि परेपछि पुल तथा सडक मर्मत गर्न सकिएको छैन । जिल्लाभित्रका केही ठाउँमा यातायात चले पनि कतिपय ठाउँमा सञ्चालन हुन सकेको छैन । 

कोरोना महामारीले प्राय: सवारीसाधान आवतजावत ठप्प भए पनि खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीका लागि सवारी साधान भने सञ्चालन भएका छन् । मनाङ जाने सडक पूर्णरूपमा सञ्चालनमा नआउँदा ठाउँठाउँमा पल्टी गर्दै ल्याउने लाने गर्नुपर्ने बाध्यता छ । 

यसरी सामान खरीद गर्दा एक त ढुवानी महङ्गो परेको छ भने समयमा सामग्री आइपुग्दैन । बल्लतल्ल आएको सामान पनि अधिकांश बिग्रिने गरेका छन् । 

त्यस्तै, कर्मचारी बिरामी र सर्वसाधारणसमेत जोखिम मोलेर हिँड्न बाध्य छन् । पुलसमेत बनाउन नसक्दा फड्केबाट यात्रा गर्नुपर्ने अवस्था पनि उस्तै छ । 

एक जना मात्रैले फड्केबाट यात्रा गर्नसमेत असहज भएको स्थानीय बताउँछन् । फड्के समात्ने समूह नभए मनाङको यात्रा गर्न सक्ने अवस्था छैन। 

यो पनि