मंसिर ०६, २०८१, बिहीबार
               

पछिल्लो ६ महिनामा प्राकृतिक विपदका कारण ३९८ जनाले ज्यान गुमाए

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा प्राकृतिक विपदमा परी ३९८ जनाले ज्यान गुमाएका छन् । 

अवरिल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपदका कारण ६ महिनामा यति धेरैले ज्यान गुमाएका हुन् । सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १यता १०४ जना बेपत्ता र ४२९ जना घाइते भएका छन् । 

प्राकृतिक विपद प्राधिकरणका अनुसार मनसुन सुरु भएदेखि गत जेठ ३० गतेयता पहिरोमा परी २८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र नौ जना घाइते भएका छन् भने चट्याङ लागी ३५ जनाको ज्यान गएको छ । 


कस्तो लाग्यो ?

यो पनि