मंसिर ०७, २०८१, शुक्रबार
               

आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका ३, झापाका १६, भोजपुरका १, मोरङका ८१, संखुवासभाका १, सुनसरीका ८, धनुषाका ९, पर्साका ८, बाराका ७, महोत्तरीका १, रौतहटका ५, सप्तरीका ३, सर्लाहीका ६, सिरहाका ७, काठमाडौँका १३७३, काभ्रेका १०, चितवनका ५२, दोलखाका २, धादिङका ८, नुवाकोटका १४, भक्तपुरका ३९, मकवानपुरका २२, रसुवाका २, रामेछापका २, ललितपुरका १८७, सिन्धुपाल्चोकका ८, कास्कीका ४ र तनहुँका १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपरासीपूर्वका ४०, लमजुङका ७, बागलुङका ३, स्याङ्जाका ४, कपिलवस्तुका ४, गुल्मीका ४, दाङका ९, नवलपरासीका १, पाल्पाका १५, प्यूठानका ५, बर्दियाका १३, बाँकेका ५०, रुपन्देहीका ५२, कालिकोटका १, दैलेखका ८, रुकुमपश्चिमका २, सल्यानका २, सुर्खेतका ५४, कञ्चनपुरका २१, कैलालीका ५५, डडेल्धुराका १, बझाङका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आइतबार १३२९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । हाल ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २२६ जनाको आइसियुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र डोल्पा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि