मंसिर ०७, २०८१, शुक्रबार
               

नारायणी नदीमा मृत गैंडा भेटियो

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

भरतपुर । नारायणी नदीमा एउटा मृत गैंडा भेटिएको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत भेटिएको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा भेटिको उनले बताए ।

निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए । पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि