मंसिर ०७, २०८१, शुक्रबार
               

पप्पु कन्ट्रक्सनका मालिकको सांसद पद फुकुवा गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले पप्पु कन्ट्रक्सनका मालिकसमेत रहेका हरिनारायण रौनियारको निलम्बित सांसद पद फुकुवा गर्न अस्वीकार गरेको छ ।

सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उनी तत्कालीन संघीय समाजवादीका तर्फबाट पर्सा–३ बाट निर्वाचित सांसद हुन् । सर्वोच्चले रौनियारको पद निलम्बनमा राख्नुको कारण पेश गर्न भने सरकार र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

श्रेष्ठको इजलासले उनले दिएको निवेदन अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ । दुई वर्षअघि आयोगले पप्पु कन्ट्रक्सन र त्यसका मालिक रौनियार, उनका छोरा समितसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

विभिन्न ठेक्कामा  भ्रष्टाचार मुद्दा लागेपछि स्वत सार्वजनिक पद निलम्बिन हुने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार रौनियारको पद निलम्बनमा परेको जानकारी आयोगले संसद सचिवालयलाई गराएको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि