मंसिर ०७, २०८१, शुक्रबार
               

लेट्स क्लिन अप नेपालको वार्षिक साधारणसभा सम्पन्न

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । वातावरणीय क्षेत्रमा कार्यरत संस्था लेट्स क्लिन अप नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

ठमेलस्थित ब्ल्याक वाटरमा आयोजिवत साधारणसभामा अध्यक्ष राजकुमार श्रेष्ठले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरे ।

परिवर्तन आफैबाट, भोलिको लागि आजैबाट सोचौं, नेपाल सफा राखौं जस्ता अभियानमा सक्रिय सहभागी भई संस्थाले हिमाल सरसफाइ र स्वास्थ्य सेवासम्बन्धी कार्यक्रममा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

हाल कोरोना भाइरसको महामारीको अवस्थामा देशका विभिन्न स्थानहरुमा नेपालको लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरी संस्थाले पीडितहरुलाई खाद्यान्न समत वितरण गरेको कार्यक्रममा जानकारी गराइयो ।

अध्यक्ष श्रेष्ठका अनुसार यस कार्यक्रममार्फत देशका विभिन्न स्थानमा ५०० भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरिएको थियो ।

आगामी दिनमा संस्थाले वातावरण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सक्रिय रुपमा काम गर्ने जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

आर्थिक वर्ष २०७६/७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको साधारणसभामा आगामी आर्थिक वर्षको लागि २० लाख बराबरको अनुमानित बजेट घोषणा गरिएको संस्थाका कोषाध्यक्ष टेकलाल श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि