दाङ । दाङमा प्रहरीले ज्यान मुद्दाका फरार एक व्यक्तिलाई १६ वर्षपछि पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-११ कटाहाका ५१ वर्षीय टेकबहादुर केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
२०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सुनाएको थियो । त्यसपछि उनी फरार थिए । केसीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-३ स्थित रोल्पा सिमेन्ट उद्योगबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।
उनी सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए । उनलाई दाङ ल्याएर सोमबार दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएको डिएसपी खड्काले जानकारी दिए ।