मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण युवकको मृत्यु

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

धादिङ । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ ।

निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको  यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको आज बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै धादिङका सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि