काठमाडौैं । रेजिना लिम्बूले ‘मिस नेपाल एसइई २०२०’ को उपाधि हात पारेकी छिन् ।
लिम्बूले उपाधिका अलवा उनले शिक्षाका लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी छिन् । विजेता लिम्बूले अब फिलिपिन्समा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस नेपाल एसइई २०२०’ प्रतियोगितामा फस्ट रनरअप सिल्भिया केसी र सेकेन्ड रनरअप सुविका पौडेल भएका छन् ।
त्यसैगरी, प्रतियोगितामा प्रोभिन्सतर्फको उपाधि भने महिमा महतो, रोमी राई र बिमिका थापा मगरले हात परेका छन् ।
विभिन्न उपशीर्षकका विजेता छानिएको प्रतियोगितामा मिस पपुलर महिमा महतो, ब्युटी विथ पर्पोज सायक्सा सुनुवार, फेसन आइकन सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापामगर, मिस भ्युअर्स च्वाइस सन्धया अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ शिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले हात परे ।