मंसिर ०७, २०८१, शुक्रबार
               

मुद्दाका प्रतिवादी २६ वर्षीय बुढासहित दुई पक्राउ

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

कञ्चनपुर । वनपैदावार हानी नोक्सनी मुद्दामा अदालतबाट दोषी ठहर भएका कृष्णपुर नगरपालिका–१ का २६ वर्षीय दीपक बुढालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्ला अदालतबाट बिनाइजाजत वन पैदावार हानी नोक्सानी मुद्दामा दोषी ठहर भई फरार भएका बुढालाई प्रहरीले लुकीछिपी बसेको बेला घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका बुुढालाई अदालतमा उपस्थित गराई अदालतको फैसलाअनुसार भएको जरिवाना रु २३ हजार ९५१ सुनाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

कारवाहीका लागि बुढालाई अदालतमा उपस्थित गराइएको उनको भनाइ छ । यसैगरी चोरी मुद्दामा वारदातदेखि फरार रहेका शुक्लाफाँटा नगरपालिका–२ बस्ने २६ वर्षीय अठ्ठा भनिने भुपेश बमलाई भीमदत्त नगरपालिका–४ बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा बुझाइएकोमा अदालतको फैसला अनुसार तोकेको रु ५० हजार धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि