मंसिर ०७, २०८१, शुक्रबार
               

जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ हजार ४१३ बेरोजगार सूचीकृत

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

जुम्ला ।  जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ हजार ४१३ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि सो जिल्लाका चार स्थानीय तहमा रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा उनीहरु सूचीकृत भएका हुन् ।

यसरी सूचीकृत हुनेमा तिला गाउँपालिकामा एक हजार २६२, हिमा गाउँपालिकामा दुई हजार १६५, सिञ्जा गाउँपालिकामा एक हजार ७०३ र पातारासी गाउँपालिकामा एक हजार २८३ जना छन् । 

सरकारले यसअघि २०७७ साल साउन ८ देखि भदौ ७ सम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन आह्वान गरेको थियो । सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने बताइएको छ । 

यो पनि