मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना कुल सङ्क्रमित सङ्ख्याको आधा काठमाडौंमै, मृत्यु हुने पनि धेरै
सङ्क्रमित आइसोलेसनमा नबस्दा फैलियो कोरोना

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

हालसम्म सबैभन्दा बढी सङ्क्रमण काठमाडौं उपत्यकामा पहिचान भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कुल सङ्क्रमित एक लाख ७० हजार सात सय ४३ छन् । 

जसमध्ये झन्डै ४५ प्रतिशत काठमाडौं उपत्यका तीन जिल्लाका मात्र हुन्। हालसम्म काठमाडौं जिल्लामा ६१ हजार बढीमा  कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरका ६ हजार  र ललितपुरका ९ हजार हाराहारीमा छन्।

त्यस्तै, मृत्यु भएका मध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन् । हालसम्म काठमाडौं जिल्लाका २१२ जना सङ्क्रमितको  मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। यो सङ्ख्या अन्य कुनै प्रदेशको भन्दा बढी हो ।

त्यस्तै, भक्तपुर जिल्लाका ६३ र ललितपुरका ५८ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। हालसम्म उपत्यकामा ३३३ जनाको मृत्यु भएको छ। यो कुल मृत्युको ३६.२ प्रतिशत हो।

नेपालमा ३८ हजार पाँच सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितको ५१.५ प्रतिशत सङ्क्रमित उपत्यकामा छन्। २० हजार ७५२ जना उपत्यका मात्र हुन् ।

जसमध्ये काठमाडौंमा १६ हजार २४२, भक्तपुरमा एक हजार १६५ र ललितपुरमा २३४५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

यस्तै, कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ३१ हजार दुई सय २२ पुगेको छ । धेरै सङ्क्रमणमुक्त हुने पनि काठमाडौंकै देखिन्छन् ।  कोरोना सङ्क्रमित बढ्न थालेपछि सरकारले परीक्षण दायरा पनि बढाउन थालेको छ ।

सङ्क्रमित आइसोलेसनमा नबस्दा फैलियो कोरोना

केही सङ्क्रमितहरू आइसोलेसनमा नबस्दा कोरोना सक्रमण ह्वातै बढेको सरकारको भनाई  छ। केही सङ्क्रमितहरू आइसोलेसनमा नबसेको सूचना प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । आइसोलेसनमा नबस्ने व्यक्तिलाई सङ्क्रामक रोग ऐनअनुसार ६ महिनासम्म जेल सजाय हुन सक्ने कानुन छ ।

‘केही कोरोना सङ्क्रमित आइसोलेसनमा नबसेको पाइएको छ। त्यस्तो अवस्थामा घरपरिवार र छिमेकीले समेत अनुगमन गरी खबर गरिदिन अनुरोध छ,’ प्रवक्ता गौतम भन्छन्, ‘कोही आइसोलेसनमा बसेको छैन भने सङ्क्रामक रोग ऐनअनुसार जेल सजाय हुने व्यवस्था छ। हामीले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर आइसोलेसनमा नबस्नेलाई कारबाही गर्न भनेका छौँ।’


कस्तो लाग्यो ?

यो पनि