पोखरा। कास्कीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कात्तिक ४ मा कोरोना संक्रमण पुष्टि भएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको मृत्युसँगै सो प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ पुगेको छ । उनको पनि शनिबार उपचारका क्रममा मृत्यु भएको थियो ।