काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।
नेपाल-भारतका सेनाप्रमुखले एक अर्का देशबाट सो मानार्थ महारथीको उपाधि लिने परम्पराअन्तर्गत बिहीबार भारतीय सेना प्रमुख नरवणेलाई राष्ट्रपतिद्वारा उपाधि प्रदान गरिएको हो ।
भारतीय सेनाध्यक्ष नरवणे बुधबारदेखि तीनदिने नेपाल भ्रमणमा छन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।
सो उपाधिका लागि उनी बुधबारदेखि तीनदिने नेपाल भ्रमणमा छन् ।
नेपाल-भारतका सेना प्रमुखको एक/अर्का देशमा भ्रमण र सो उपाधि लिनु परम्परा भए पनि नेपाल भारतबीच सीमा विवादका कारण नरवणेको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।