सिरहा । सिरहामा एक महिलालाई बलात्कार गरी भिडियो बनाएर पीडितलाई ब्ल्याकमेलिङ गरेकाे अभियोगमा प्रहरीले अजय महरालाई पक्राउ गरेकाे छ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।
हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।