पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ गरेका छन् ।
बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पाँच वर्षीया बालिकामाथि जबरजस्तीकरण गरेको आरोपमा पक्राउ गरेको हो ।
उनीमथि मालिकालाई ललाईफकाई बुधबार साँझ जबरजस्ती करणी गरेको आरोप छ ।
उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अध्ययन गरिरहेको छ ।