मंसिर ०७, २०८१, शुक्रबार
               

नम्रता बनिन् 'मिस नेपाल वर्ल्ड २०२०'

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

काठमाडौं । यस वर्षको 'मिस नेपाल वर्ल्ड २०२०' को ताज नम्रता श्रेष्ठले पहिरिन सफल भएकी छिन् ।

होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रताले 'मिस नेपाल वर्ल्ड २०२०' को ताज पहिरिएकी हुन् । काठमाडौंकी २२ वर्षीया नम्रता पेशाले किनरगार्डेन टिचर हुन् ।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् ।

मिस नेपाल नम्रताले नगद दुई लाख ५० हजार रुपैयाँसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन् । नम्रताले चीनमा हुने मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । 

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुहोस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ?’ भनेर सोधिएको थियो ।

जवाफमा नम्रताले ‘नेपाली महिलालाई सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन्’ भन्ने जवाफ दिएकी थिइन् ।

प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनलको ताज काठमाडौंकी २४ वर्षीया सिमल कनौजियाले पहिरिन सफल भइन्  । उनीहरु तीनै जनाले नगद दुई लाख ५० हजार रुपैयाँ पाएका छन् ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन् । आज गरिएको प्रतियोगिता २५औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले तीन हप्ताको भर्चुअल तालिम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालिम प्रदान गरिएको जानकारी दिए ।

प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

यो पनि