मंसिर ०७, २०८१, शुक्रबार
               

हत्या गरिएका शिक्षक श्रेष्ठलाई शहीद घोषणा गर्न माग

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत श्रेष्ठलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाएका पत्रमा श्रेष्ठको परिवारको पालनपोषणको जिम्मा लिन पनि आग्रह गरिएको छ । अध्यक्ष थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराललाई भेटी दिएका उक्त पत्रमा हिंसात्मक गतिविधि बन्द गरी त्यस्ता समूहले सरकारसँग आफ्ना कार्यसूचिबारे वार्ता गर्नुपर्ने पनि जनाइएको छ । 

यही मङ्सिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहले सुराकीको आरोपमा निर्ममतापूर्वक घाँटी रेटी हत्या गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि