मंसिर ०७, २०८१, शुक्रबार
               

पत्रकार महासंघ धनुषाको साधारणसभा सम्पन्न

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

धनुषा । नेपाल पत्रकार महासंघ धनुषाको ११औँ साधारणसभा शनिबार जनकपुरधाममा सम्पन्न भएको छ । विभिन्न समसामयिक तथा सार्वजनिक महत्वको प्रस्ताव पारित गर्दै महासंघ को साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभाको उद्घाटन सत्रमा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जनकपुरको पत्रकारिताको इतिहास निक्कै गौरवपूर्ण भएको उल्लेख गर्दै यसलाई अहिलेको यूवा पुस्ताले अगाडी बढाएकोमा खुशी व्यक्त गरे । उनले नयाँ पत्रकारमध्ये केही पत्रकारमा चाकडी प्रवृत्ति बढ्नु दुःखद भएको बताउँदै जनताको पक्षमा निष्पक्ष, सत्य तथ्य समाचार सम्प्रेषण गर्नका लागि आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शीतलप्रसाद महतोले नेपाल पत्रकार महासंघको इतिहासमा अब हुने महाधिवेशनवाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत पदाधिकारीको चुनाव हुन लागेको जानकरी दिए ।

महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पत्रकारिता क्षेत्रमा आएको चुनौतीको सामना गर्नका लागि महासंघले कामकाज गरिरहेको बताउँदै कोरोनाका कारणले धेरै पत्रकारलाई सञ्चार संस्थाले अवकाश दिने काम गरेको र त्यस्ता पत्रकारलाई पुनः स्थापित गर्नका गृहकार्य गरिरहेको बताए ।

सभामा महासंघ धनुषाका सचिव पुरन साहले पेश गरेको साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष अवधेश कामतले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सभाले पारित गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि