काठमाडौ । भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु नित्यानन्द पाण्डेय र अब्दुल अजिज मुसलमानको इजलासले पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो ।