काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न पहाडी क्षेत्रमा चिसो बढ्नुका साथै हल्का हिमपातको संभावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि प्रदेश १ र देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ । साथै, प्रदेश १ को पहाडी भु–भागका १.२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
यसैगरी राती पनि प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।