मंसिर ०७, २०८१, शुक्रबार
               

नाका खुलाउन दबाब दिँदै हस्ताक्षर संकलन

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

झापा । पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आज एक हजार बढीले हस्ताक्षर संकलन गरेका छन् । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर संकलन अभियानमा एक हजार बढीले हस्ताक्षर गरेका हुन् ।  

संघीय सांसद राम कार्कीमार्फत सरकारलाई सो हस्ताक्षर पठाइने तयारी रहेको होटल व्यवसायी संघका अध्यक्ष राम तामाङले बताए ।

नाका बन्द हुँदा सीमा क्षेत्रका व्यवसाय धरासायी बनेको भन्दै एक महिना अघिदेखि काँकडभिट्टाका व्यवसायी, संघसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै आएका छन् । देशकै मुख्य नाकाका रुपमा रहेको पूर्वी नाका कोभिड–१९ का कारण १० महिनादेखि बन्द छ ।


कस्तो लाग्यो ?

यो पनि