काठमाडौं । धनुषामा टयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। बाक्लो हुस्सुको कारण दुर्घटना हुँदा विदेह नगरपालिका– ५, मुडिबाका ३५ वर्षीय दिलीप पासवानको मृत्यु भएको हो।
गएराति सहिदनगर नगरपालिकाको हठीपुरबाट ज १ त ६९६३ नम्बरको ट्याक्टर चलाएर आफ्नो घर फर्किरहेको बेला हुस्सुको कारण बाटो नदेखिँदा ट्याक्टर पल्टिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धुनषाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पासवनको उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
मृतक पासवानको शव प्रोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।