मंसिर ०७, २०८१, शुक्रबार
               

६५ लाख बराबरको सुनचाँदीका गहना बरामद

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौ‌ं । जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्जबाट ६५ लाखभन्दा बढी मूल्यको चाँदीको गहना नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–६ गहवामा सञ्चालित रहेको जय नरसिंह ज्वयलर्सको गोदामा छापामारी प्रहरीले ६५ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भित्र्याइएका गहना भण्डारण गरी राखिएको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणका गहना बरामद गरिएको प्रहरी उपरीक्षण गङ्गा पन्तले जानकारी दिए ।

सामान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ज्वायलर्सकी सञ्चालिका सुनिताकुमारी सर्राफका श्रीमान् दीपक सर्राफलाई नियन्त्रणमा लिइएको उनले बताए ।

बरामद गरिएको गहना र नियन्त्रणमा रहेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भएको उपरीक्षण पन्तले जानकारी दिए ।

बरामद भएका सबै गहना नेपालमै उत्पादन गरिएको र सबै गहनाको कागजात दुरुस्त रहेको सुन चाँदी व्यवसायी सङ्घ पर्साका उपाध्यक्ष बच्चा सर्राफले जानकारी दिए । उनले प्रहरीलाई सबै कागजात देखाउदा व्यवसायीलाई दुःख दिने काम मात्र गरिएको आरोप लगाए ।


कस्तो लाग्यो ?

यो पनि