मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं  । केही दिनदेखि देशैभरै चिसो बढेको छ । काठमाडौंमा शनिबार बिहान शुक्रबारको तुलनामा केही तापक्रम भने बढेको छ । शुक्रबार बिहान भने १.६ डिग्री सेल्सियस मापन भएको थियो । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको छ  ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार शनिबार विहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियम मापन भएको छ । उनले दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने बताइन् । 

शनिबार काठमाडौं उपत्यकाको मौसम दिनभर सफा रहने महाशाखाले अनुमान गरेको  छ । अबको तीन दिनसम्मै उपत्यकाको मौसम सफा रहने भएकाले चिसो भने अझै बढ्न सक्ने अनुमान छ ।

आज बिहान तराईका अधिकांश भेगमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको नगरकोटीले बताइन् । आज तराईमा दिउँसैसम्म यस्तै रहने उनले बताइन् ।


कस्तो लाग्यो ?

यो पनि