काठमाडौं । प्रतिनिधसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासबाट नभई संवैधानिक इजलासबाट हुने भएको छ ।
सो मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित सर्वोच्चमा रिट परे पनि सो मागलाई संवैधानिक इजलासले अस्वीकार गरेसँगै अब संवैधानिक इजलासबाट माघ चारबाट निरन्तर हुने सुनुवाइ हुने भएको हो ।
शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले संसद् विघटनविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक अदालतबाट गर्न आदेश दिएको छ ।तर, रिटकर्ताहरुले सोको सुनुवाइ बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित निवेदन दिएका थिए ।
गत पुस ५ आइतबार संसद विघटन भएसँगै सोको विरुद्धमा १३ वटा रिट सर्वोच्चमा दायर भएका थिए ।