काठमाडौं । मधेशी शहिद दिवसको अवसरमा आज प्रदेश २ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइने मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।
बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मनाइँदै आएको छ ।