काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको दश लाखसहित काठमाडौं महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र एक हजार पाँच सय अमेरिकी डलरसहित उनी पक्राउ परेका हुन् ।
क्षेत्री नेपाल एयरलाइन्सको उडानद्वारा दुबई जान लागेका थिए। विमानस्थलका अनुसार चेकजाँच गर्ने क्रममा सो रकम फेला पारिएको हो ।