मंसिर ०७, २०८१, शुक्रबार
               

गंगामाया अधिकारीको जीवन रक्षाका लागि आयोगको तीनबुँदे निर्देशन

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको मंगलबार बसेको बैठकले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ ।

आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्र्रप्रसाद आचार्य नेपाल बाहिर रहेको भन्ने सरकारी कागजातबाट समेत देखिएको हुँदा उनि जहाँ भए पनि आवश्यक प्रक्रिया पूरा गरी निजलाई अदालतसमक्ष शीघ्र उपस्थित गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीउपर कारवाहीको माग राखी लामो समयदेखि अनशनरत अधिकारीको जीवन रक्षाका सम्बन्धमा आयोगको कार्यालयमा बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेकोसमेत प्रवक्ता पोखरेलले जानकारी दिए ।

बैठकले अनशनरत गंगामायालाई आफ्नो जीवनप्रति संवेदनशील बन्दै न्यायको अनुभूतिसमेतका लागि आफ्नो अनशनलाई स्थगित गर्न अनुरोध गर्दै कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा भइरहेको न्याय सम्पादन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

यो पनि