मंसिर ०७, २०८१, शुक्रबार
               

तिलक परियारलाई हटाएकाेमा दलित मुक्ति संगठनको आपत्ति

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

सरकारले बिनाकारण प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारको बर्खास्ती गरेपछि राजनीतिक पूर्वाग्रह र दलित समुदायमाथिको सामूहिक अपमान भएको नेपाल दलित मुक्ति संगठनले जनाएकाे छ । 

७१ औं प्रजातन्त्र दिवसको दिन शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको बर्खास्ती समानुपातिक तथा समावेशी चरित्र बोकेको नेपालको संविधानमाथिको हमला भएको संगठनको दाबी छ ।

संगठनको केन्द्रीय संघर्ष समितिका सहसंयोजक गणेश विश्वकर्मा र संयोजक दलजित श्रीपाइलीद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ‘पुस ५ गतेको असंवैधानिक तथा प्रतिगमनकारी कदमको चौतर्फी विरोध भइरहेको बेला उत्पीडित दलित समुदायको मुक्तिदाता हुँ भन्ने नक्कली हुँकार दिइरहेका केपी शर्मा ओलीले राजनीतिक पूर्वाग्रहको आधारमा प्रदेश प्रमुखलाई हटाएका हुन् ।’

दलित विकास समिति र वादी विकास बोर्डलाई विघटनको अवस्थामा पुर्याउनु, राष्ट्रिय दलित आयोग लामो समयसम्म गठन नगर्नु, लोकसेवा अयोगको विज्ञापनमा दलित कोटा कटौती गर्नु, सातैवटा प्रदेशको सरकारमा एकजना पनि दलितलाई मन्त्री नबनाइनु तथा विभिन्न आयोग एवम् सरकारी नियुक्तीमा दलितलाई बहिष्कार गर्नु प्रधानमन्त्रीको दलित विरोधी कार्य भएको विज्ञप्तिमा भनिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि