मंसिर ०७, २०८१, शुक्रबार
               

निजी क्षेत्रसँगकाे सहकार्यले मात्र सरकार सफल : उपाध्यक्ष ढकाल

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएको छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनवटै तहका सरकारले निजी क्षेत्रसँग सघन रूपमा सहकार्य गर्नु आवश्यक रहेको धारणा राखे।

ढकालले प्रदेश २ मा लगानीको अवसर पनि भएको र वातावरण पनि बन्दै गएको उल्लेख गर्दै यसमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न प्रदेश २ सरकार र वीरगञ्ज उपमहानगरपालिकालाई आग्रह गरिन् ।

वीरगञ्जलगायत कतिपय स्थानीय तहका जनप्रतिनिधिको पृष्ठभूमि उद्योग व्यवसाय नै रहेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या बुझ्नसक्ने राजनीतिक नेतृत्व नै सफल हुने बताए।

 


कस्तो लाग्यो ?

यो पनि