मंसिर ०७, २०८१, शुक्रबार
               

पृथ्वी दिवसको अवसरमा हाइकिङ

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

गण्डकी । पृथ्वी दिवसको अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा बिहीबार कुभिण्डे–उल्लेरी–भुम्दी–खाडेखोला हाइकिङ गरिएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्धन एवं पोखरा महानगरपालिका–२२ को सहयोगमा आयोजित हाइकिङमा ट्रेकिङ एजेन्सिज सञ्चालन गर्दै आएका व्यवसायी, सञ्चारकर्मीसहित ४५ जनाको सहभागिता रहेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

कार्यक्रम संयोजक गोपालकृष्ण सङ्ग्रौलाका अनुसार पोखरा आसपासमा रहेर पनि ओझेलमा परेका पदयात्रा क्षेत्रको अध्ययन, अनुसन्धान, प्रवर्धन एवं बजारीकरण गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०७८ एवं विश्व पृथ्वी दिवसका अवसरमा एक दिवसीय हाइकिङ आयोजना गरिएको हो ।

हाइकिङको अवसरमा उल्लेरीस्थित मुखिया चौतारी र भुम्दी टुनार घरबासमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले पोखरा नजिकै रहेर पनि सम्भावना बोकेका गन्तव्यको प्रवर्धनलाई संघले प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय संघका सचिव मिलन तिवारी, भुम्दी टुनार घरवासका अध्यक्ष नानीमाया गुरुङ, उल्लेरीगाउँ सुधार समितिका अध्यक्ष गणेशबहादुर गुरुङ, थाप्ले टाइगर हिलका अध्यक्ष मानसिंह गुरुङलगायतले पदयात्रा पर्यटनका माध्यमबाट गाउँमा सञ्चालित घरबासमा पर्यटकको आगमन बढाउन सहयोग गर्न आग्रह गरे । 


कस्तो लाग्यो ?

यो पनि