मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल भित्रिएका सात भारतीय कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

काठमाडौं । सातजना कोरोना संक्रमित भारतीय नागरीक एम्बुलेन्सबाटै फरार भएका छन् । आइसोलेसन लैजाने क्रममा कैलालीबाट सातजना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएको बताइएको छ ।

प्राप्त जानकारी अनुसार बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ती संक्रमितहरु फरार भएका हुन् । त्रिनगर नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । फरार भएका ती संक्रमितहरू भारतीय नागरिक रहेको बताइएको छ ।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी– १५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा फरार भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि