मंसिर ०७, २०८१, शुक्रबार
               

खानामा विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

भक्तपुर । आफ्नै श्रीमान ३२ वर्षीय विष्णु थापा मगरलाई विषादीयुक्त खाना खुवाई हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ डेरा गरी बस्ने धादिङ साविक मुलपानी गाविस-२ घर भएकी २९ वर्षीय पार्वती थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारबाट फर्केका विष्णुले आफ्नै श्रीमती पार्वतीले पकाएको खाना खाँदा उकुस मुकुस भई अफ्ठ्यारो भएपश्चात तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

उक्त घटनाको थप अनुसन्धान गर्ने क्रममा मृतक विष्णुको भिषेरा, घटनास्थलबाट उठाइएको खाना परीक्षण गर्दा उक्त खानामा किटनाषक बिषादी फेला परेको थियो ।

उक्त कार्यमा उनकै श्रीमती पार्वती संलग्न रहेको भन्ने खुलेपश्चात महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पार्वतीलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि