काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार आज बिहान देशको सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
साथै दिउँसो पनि सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्टयाङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतय सफा रहने छ । पहाडिी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।